दफा ४४
अनुसन्धान गर्ने अधिकारी
दफा ४३ को उपदफा (१) बमोजिमको कसूर सम्बन्धी मुद्दाको अनुसन्धान र तहकिकात गर्ने अधिकार देहायको अधिकारीको हुनेछः-

(क) दफा द को उपदफा (२) को खण्ड (क) बमोजिमको जिम्मेवारी र दायित्व अन्तर्गतको भए नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अधिकारी,

(ख) दफा ढ को उपदफा (२) को खण्ड (ख) र (ग) बमोजिमको जिम्मेवारी र दायित्व अन्तर्गतको भए प्रदेश कानून बमोजिम तोकेको अधिकारी ।